बिक्री नगर्ने शिक्षामन्त्रीको रोलेक्स घडी

काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत पुनले रोलेक्स घडीको तस्बिर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् । तर उनले उक्त घडी आफैंले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा उपहारस्वरुप दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु । यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जवरजस्ती दिनुभयो । मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि । धन्न झोलामा राखेर बचेछ । ३ वर्ष पहिला पनि बेलायतमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुकमै राखेर बेचिदिएँ । तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन । गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *