म्यानमारको सैन्य सरकारलाई अमेरिकाले लगायो प्रतिबन्ध

 

बैकक । अमेरिकी राष्ट्रपनि जोय बाइडेनले म्यानमारमा सत्ता हातमा लिएको सैनिक नेतृत्वमाथि कारबाही गनेृ बताएका छन् । त्यहांको सेनाका प्रमुखलाई सत्ता छाड्न आग्रह गर्दै उनले म्यानमारका लागि अमेरिकी सहयोग स्थगित भएको घोषणा पनि गरेका छन।

राष्ट्रपति बाइडेनले भनेका छन्,–मैले एउटा यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जो सैन्य हस्तक्षेप भएका देशहरुका नेतृत्वमाथि तत्कालै प्रतिबन्ध लागू गरेको छ । उसका व्यापारिक हित र नजिकका अरुलाई पनि प्रतिबन्ध लगाइएको छ ।’

बाइडेनले अमेरिकाले यो साता प्रतिबन्ध लगाउनुपर्ने मानिस र गतिविधिको निक्र्योल गर्नेछ । तत्कालका लागि म्यानमारमा निर्यात प्रतिबन्ध लगाइने र आवश्यक पर्दा अन्य प्रतिबन्ध पनि प्रयोगमा ल्याइने उल्लेख गरेका छन ।

उनले भने–‘म आज फेरि एकपल्ट बर्माको सेनासँग आङ सान सूची र विन मिन्त लगायत लोकतन्त्रबादी नेता कार्यकर्ताको तुरुन्त रिहाईको माग गर्छु, र सेनाले सत्ता छोड्नुपर्छ । अमेरिकाले १ अर्ब डलरबराबरको सहायता प्याकेज स्थगित गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *