प्रमुख जिल्ला अधिकारीहरुलाई गृहको निर्देशनः नागरिकको जिउधनको सुरक्षामा कुनै कसर बाँकी नराख्नू

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै शान्ति सुरक्षा कायम राख्दै निर्वाचनमैत्री वातावरण बनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, र आसन्न निर्वाचनको तयारीलगायतका विषयमा विशेष निर्देशन दिएको छ । निर्देशनमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन जोड दिइएको छ।

निर्देशनमा भनिएको छ, ‘विभिन्न बहानामा हुन सक्ने अवाञ्छित गतिविधि, चन्दा आतंक, र कानुन विपरीतका कार्यलाई कडाइका साथ नियन्त्रण गरी आम नागरिकको जिउधनको सुरक्षामा कुनै कसर बाँकी नराख्नू ।’

त्यस्तै सुरक्षा निकायहरूबाट समन्वयात्मकरुपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पट्रोलिङ बढाउन पनि निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *