डल्लु आवास स्थानीय सहयोग समितिको आयोजनामा समुदाय र सुरक्षा निकायबीच अन्तरक्रिया

काठमाडौं । डल्लु आवास स्थानीय सहयोग समितिको आयोजनामा भएको समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न समुदाय र सुरक्षा निकाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

स्थानीयहरूबाट समाजमा शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा कामपा १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल तथा वडा सदस्य, स्वयम्भू प्रहरी वृत्तका प्रमुख डीएसपी मोहन मणि अधिकारी, रेञ्जर गणका मेजर प्रविनजंग बस्नेत, शसस्त्र प्रहरी बल नेपालका डीएसपी पदम बहादुर खड्का, स्वयम्भू ट्राफिक प्रहरी वृत्तका प्रमुख सई हरि पन्त, स्वयम्भू प्रहरी वृत्तका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राजु खरेलको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमको सभापतित्व डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *