काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक अगुवाहरूसँग छलफल गरेका छन् । शनिबार बिहान राष्ट्रपति पौडेलले केदारभक्त माथेमा, लोकराज बराल, कृष्ण खनाल, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, उद्धव प्याकुरेल, हरि शर्मा, तुलानारायण साह र कशमश विश्वकर्मासँग छलफल गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे उनीहरुसँग छलफल गरेका हुन् ।
फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गरी संविधानलाई ट्रयाकमा ल्याउन तथा जनता तथा जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न सरकार र राजनीतिक दललाई खबरदारी गरी सकारात्मक वातावरण सिर्जना गर्नु नागरिक समाजको भूमिका भएको राष्ट्रपतिले उल्लेख गरेको भेटमा सहभागी वाग्लेले जानकारी दिए । त्यसक्रममा राष्ट्रपति पौडेलले संसद विघटन बाध्ययात्मक कदम भएको बताएका थिए ।
नागरिक अगुवाहरूले चुनावका लागि सरकार, जेनजी र दलहरूबीच विश्वासको वातारण बन्नुपर्नेमा जोड दिएका थिए ।