काठमाडौं । भारतका हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फूटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले सावित्रा भण्डारीको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीमा केहि नयाँ अनुहारपनि समेटिएको छ । उमेर समूह र घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै आएका पुर्णिमा लिम्बू र मिना देउवा पहिलो पटक नेपाली टोलीमा अटाएका छन् । अनुभवी डिफेन्डर अमृता जैशी र फरवार्ड अनिता केसी भने टोलीबाट बाहिरिएका छन् ।
यस्तै हिरा कुमारी भुजेल र दीपा शाहीले टोलीमा पुनरागमन गर्दा चोटका कारण मैदान बाहिर रहेकी गीता रानाको स्थानमा सजनी थोकर टोलीमा परेकी छिन् ।
नेपालले भारतमा अक्टोबर २३ मा इरान र अक्टोबर २७ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
नेपाली टोली:- अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला विक, दीपा शाही, हिरा कुमारी भुजेल, मन माया दमाई, मिना देउबा, निशा थोकर, प्रिती राई, प्रतीक्षा चौधरी, पुजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविता राना मगर, सावित्रा भण्डारी, सजनी थोकर, समिक्षा घिमिरे, सरवस्ती हमाल, सरु लिम्बू, उषा नाथ