चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित नारायणघाट मुग्लिन सडकखण्डमा शनिबार बिहान सवारी दुर्घटनामा परेकाहरुको उद्धार गरी अस्पताल पठाइएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको यात्रुवाहक बस एक आपसमा ठोक्किदा यात्रुवाहक बस पछाडी रहेको टेलर, ईभि माइक्रो, यात्रुवाहक बस र बलेरो जिप समेत ठाक्किदा २१ जना घाइते भएका थिए ।
दुर्घटनामा परेकाहरुको सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक बिक्रम बोगटीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्वार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरिएकहरुमध्ये १३ जनालाई नेशनल सिटी अस्पताल, ४ जनालाई नयाँ मेडिकल कलेज भरतपुर र ४ जनालाई जनता केयर अस्पतालतर्फ पठाइएको छ ।