दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङटन । दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

“हामी केही हप्तामा भेट्नेछौँ,” फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’सँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य व्यक्तिसँग पनि भेट्ने कार्यक्रम तय गरेका छौँ ।
उनले भने, “राष्ट्रपति सीसँग हाम्रो छुट्टै बैठक छ ।”

एपेक शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चिनिने चीनसँगको व्यापार युद्धमा जोखिम बढेपछि ट्रम्पले बैठक रद्द गर्ने चेतावनी दिएका थिए ।

उनले दुर्लभ खनिजहरूमा नयाँ चिनियाँ निर्यात प्रतिबन्धको ‘असाधारण आक्रामक’ जवाफमा करवृद्धिको चेतावनी जारी गरेका थिए ।

त्यसपछि ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमा भने, “अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, उसलाई चोट पुर्याउन चाहन्न!!” गत जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताबीचको यो पहिलो भेट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *