नेपालद्वारा सामोआलाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले सामोआलाई २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रन बनाएको हो । नेपालको लागि आसिफ शेख र दीपेन्द्र सिंह एरीले अर्धसतक पूरा गर्दा लोकेश बमले विस्फोटक फिनिसिङ गरे । ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाए । दीपेन्द्र सिंह एरीले ३३ बलमा ४ छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाउँदा लोकेश बमले नटआउट ३९ रन बनाए । उनले १२ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले नटआउट २१, कुशल भुर्तेलले १७ र आरिफ शेखले ९ रनको योगदान गरे ।

सामोआको लागि डानियल बुर्गेस, साउमानी टाई. डारिउस भिसेर र मोअह मेडले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *