आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौँ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *