पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

बीबीसी । बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन् ।

आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन् । त्यसपछि उनले भारतमा शरण लिएकी छन् । मानवताविरुद्ध अपराध गरेको अभियोगमा उनको अनुपस्थितिमै हसिनाविरुद्ध मुद्दा चलेको छ ।

सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध ‘घातक हतियारहरू’ प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ।

यद्यपि उनले आफूमाथि लागेका अभियोगको खण्डन गरेकी छन् । केही साता चलेको आन्दोलन र अशान्तिका क्रममा बाङ्ग्लादेशमा झन्डै १ हजार चारसय जनाको मृत्यु भएको थियो ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बाङ्ग्लादेशमा गत वर्ष सबैभन्दा ठूलो हिंसा फैलिएको मानिन्छ ।

मुख्य सरकारी अभियोजनकर्ता तजुल इस्लामले हसिनालाई १ हजार ४०० वटा मृत्युदण्ड दिनुपर्ने बताएकी छन् । तर व्यावहारिक रूपमा त्यसो गर्न सम्भव नभएकाले कम्तीमा एउटा मृत्युदण्ड दिनुपर्ने माग गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *