बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल नकिन्ने बताएका छन् । बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब आफूहरू रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री मोदीले मलाई अब रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो। अब हामीले चीनलाई पनि त्यसै गर्न लगाउनु पर्नेछ।’
अमेरिकाले रुसबाट तेल खरिद गरेको भन्दै भारतका सामान २५ प्रतिशत अतिरिक्त भन्सार कर लगाएको छ । यसअघि २५ प्रतिशत पारस्परिक कर लगाइसकेको अमेरिकाले भारतबाट आयात हुने सामानमा कुल कर ५० प्रतिशत पुर्याएको छ । यद्यपि भारतले अहिलेसम्म रुसबाट तेल किन्न रोक्ने विषयमा पुष्टि गरेको छैन।