काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला चार सयले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेर बुधबार तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो ।