काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरुसँग छलफल थालेका छन् । सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका हुन् ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिका प्रमुख सचेतकहरू सहभागी छन् ।
संसद् पुनस्र्थापनाको माग लिएर सभामुख सर्वोच्चमा जाने विषयमा उनले दलहरुसँग राय लिन लागेका हुन् । संसद विघटनविरुद्ध एक दर्जन रिट परिसकेका छन् ।