अमेरिकी पासपोर्ट विश्वको शक्तिशाली सूचीबाट बाहिरियो, नेपाल कति स्थानमा ?

काठमाडौँ । अमेरिकी पासपोर्ट विश्वको शक्तिशाली १० पासपोर्टको सूचीबाट बाहिरिएको छ । हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ ।

सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रोमा जापान रहेको छ । पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ ।

इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औँ स्थानमै यथावत् छ भने भारतीय पासपोर्ट ७७औँ स्थानमा पुगेको छ। भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *