सभामुखले प्रतिनिधिसभा पुनस्र्थापनाबारे दलहरुसँग छलफल गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनस्र्थापनाबारे दलहरुसँग छलफल गर्ने भएका छन् । बुधबार बिहान ९ बजे दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाएका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । संसद पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा झण्डै एक दर्जन रिट परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *