दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

२०८२ भदौ महिनाको विप्रेषण आप्रवाह एक १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

त्यस्तै विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको बैंकले जनाएको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *