विपिनको शवको डीएनए परीक्षण, अपहरणलगत्तै हत्या भएको पुष्टि

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको शवको जाँच र त्यसबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरिएको छ । परीक्षणका क्रममा शव विपिनकै भएको पुष्टि भएको छ ।

उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनए परीक्षण गरेको थियो । आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै विपिनको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने जनाएको छ । आईडीएफका अनुसार राष्ट्रिय विधिविज्ञान केन्द्रले जोशीको मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने छ ।

अधिकारीहरूका अनुसार यसअघि पनि इजरायली सरकारले नै हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूका शव नेपाल पठाइदिएको थियो ।

इजरायलमा आवश्यक प्रक्रिया पूरा हुनासाथ सकेसम्म छिटो शव पठाउनका लागि इजरायली अधिकारीहरूसँग समन्वय गर्न तेल अभिभस्थित राजदूतलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *