काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बन्न नसकेको बताएका छन् ।
मंगलवार केन्द्रीय समितिको बैठकमा सभापति देउवाले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरेका हुन् ।
उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको एकता नै आजको आवश्यकता रहेको भन्दै निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनका सुरक्षा निकाय शान्ति सुरक्षाको घेराबन्दीमा छैन, सुरक्षा निकाय मौन र निरीह भएका छन् ।’
उनले निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थाबढाइ दलहरुमा हौसला सिर्जना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
उनले भने, ‘निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था बढाउन शान्तिपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भनी सबैले स्वतस्र्फुत निर्वाचनका भाग लिन हौसला सिर्जना हुन्छ भन्ने कुरामा यसतर्फ सरकारको ध्यान जाओस ।’
सरकारले निर्वाचनको लागि वातावरण बनाउन सकेमा देशले ठूलो संवैधानिक फड्को मार्ने उनले बताए । सभापति देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताए । उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए ।