मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन मंगलबार सांसद बैठक बोलाइएको थियो । बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति आपत्ति जनाए । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो ।

पार्टीले पटक–पटक राजीनामा दिन दबाब दिए पनि मुख्यमन्त्री सिंहले संघीयता र संविधानको रक्षाको लागि आफूले त्यतिबेला राजीनामा नदिएको बताउने गरेका थिए । आज विश्वासको मत लिने अडान लिएका उनी अन्ततः राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *