थाइल्यान्ड–कम्बोडिया ‘शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने

क्वालालम्पुर  । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताएका छन् ।

गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबिचको तनाव दशककै सबैभन्दा घातक सैन्य झडपमा परिणत हुँदा ४० जना भन्दा बढी मानिसहरु मारिनुका साथै करिब ३ लाख मानिसहरु विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएको जनाइएको छ ।

लडाइँ पछि, पनि एक अर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाएका दुबै राष्ट्रहरु पछिल्लो समयमा युद्धविराममा सहमत भएका छन् ।

डोनाल्ड ट्रम्प “थाइल्यान्ड–कम्बोडिया शान्ति सम्झौता हेर्न उत्सुक रहेको मोहम्मद हसनले क्वालालम्पुरमा पत्रकार सम्मेलनमा बताएका हुन् ।

अक्टोबर २६–२८ मा मलेसियाको राजधानीमा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको साझा सङ्गठन (आसियान) को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले ट्रम्प पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले द्वन्द्व अन्त्य गर्ने “नवीन कूटनीति“ को श्रेय दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको बताएका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले गत हप्ता आफूले ट्रम्पबाट एउटा पत्र प्राप्त गरेको र उनले दुई छिमेकी बिचको तनाव समाधान गर्न चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *