सुन तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

हिजो आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार र चाँदी प्रतितोला तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *