काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रियसभाको निर्वाचनबारे छलफल गरेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर अध्यक्ष दाहालले एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् ।
अध्यक्ष दाहालले माघमा एक तिहाई सांसदहरुको अवधि सकिने र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेकाले निर्वाचनको बारेमा छलफल भएको जानकारी दिए ।
उनले राष्ट्रिय सभालाई गतिशिल बनाउन, बैठकमा लागि हलको विषय र राष्ट्रिय सभाका केही विधेयकहरुको विषयमा पनि छलफल गरिएको जानकारी दिए ।
अध्यक्ष दाहालले सभा हल निर्माण गर्न सरकार र संसद सचिवालय लागि परेको भन्दै हल निर्माण पछि छिट्टै सदन खुलाउने समेत बताए ।