उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रमा पुन: परीक्षा गर्ने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । भदौ २२ र २३ गते भएका तीन परीक्षा केन्द्रको परीक्षा रद्द गरिएको हो  ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय, इनारमनी, रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहापुर, दाङको इलाका प्रहरी कार्यालय, नारायणपुरमा राखिएको उत्तरपुस्तिका जलेर नष्ट भएको हो ।

वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *