काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोट अन्तर्गत केहिबेरमा नेपालविरुद्ध हुने खेलमा कुवेतले टस जितेको छ । अल अमेरात क्रिकेट मैदानमा हुने खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी