काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ । बुधबार ब्युरोले बस्नेतसँग बयान लिएको हो । विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार ब्युरोमा उपस्थित भएका थिए ।
उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन् ।
सरकारी वकिलको निर्देशन अनुसार बस्नेतलाई कागज गराएको ब्युरोले जनाएको छ । यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो । तर अदालतले पुर्जी दिन अस्वीकार गरेको थियो ।
पुर्जी दिन नमानेसँगै कागज गरिएको हो । एक महिलाले बस्नेतलाई आफूमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाएकी थिइन् ।