काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुईजना प्रहरी सहायक हवल्दारसहित १८ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
बुधबार सूचना प्रकाशित गरी प्रधान कार्यालयले १८ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । सात दिनभित्र हाजिर हुन नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।