हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको ‘वर-पिपलु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक पुडासैनीलाई गायिका विना राईले स्वरमा साथ दिएकी छन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।
ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुवात र प्रेम सम्बन्धतथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ ।
