निर्वाचन कार्यतालिका स्वीकृत, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले १५ दिन प्रचारप्रसारको समय तोकेको छ ।

कार्यतालिकाअनुसार आगामी फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि भने प्रचार निषेधको अवधि रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *