रातु खोलाले बगाएको जिप सशस्त्रले गर्यो उद्धार

महोत्तरी । शनिबार साँझ महोत्तरीमा रातु खोलाले बगाएको जिप जेसिबिको सहायतामा सशस्त्र प्रहरी बलले निकालेको छ । नेपाल टेलिकमको प्रदेश ३ – ०१ ४५२७ नम्बरको उक्त जिप भंगाहा नगरपालिका –५ जमुनियाबाट बिर्तातर्फ जाने क्रममा खोलाले बगाएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहाबाट खटिएको सुरक्षाफौजले जेसिबिको सहायताले करिब ५० मिटर तलबाट जिप निकालेको छ भने चालक सकुशल रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *