काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको पट्रोलिङ तथा माइकिङ

काठमाडौं । सशस्त्र प्रहरी बलले शुक्रबार साँझदेखिनै काठमाडौका विभिन्न ठाउँमा पट्रोलिङ तथा माइकिङ शुरु गरेको छ ।

सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै शुक्रबार साँझ चोभार, बल्खु, बालाजु, माछापोखरी वनस्थलीलगायताका स्थानमा पट्रोलिङ तथा माइकिङ गरेको हो ।

सशस्त्र प्रहरी बलले विशेषगरि खोला किनार तथा डुबान हुन सक्ने ठाउँहरुको पहिचान गरि त्यस्ता ठाउँका बासिन्दाहरुलाइ सुरक्षित रहन र तत्काल उद्दारको लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा तत्काल फोन गर्न समेत माइकिङ मार्फत सूचीत गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसैगरी सम्भावित जोखिम न्यूनीकरणका लागि र विपद उद्दारका लागि सशस्त्र प्रहरी बलले देश भरिका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी हालतमा राखेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटमा आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । अहिले सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्दार तालिम प्राप्त जनशक्ति र्याफ्ट बोट , मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजुअल्टी भेइकल, एम्बुलेन्स सबै तयारी हालतमा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *