छोरीहरूलाई पढाइदिने काम सहयोगीहरूले गरिदिने शिक्षामन्त्रीको दाबी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूसहित श्रीमती तथा छोरी पाल्ने, पढाइदिने काम आवश्यक परेका बेला साथी/सहयोगी नै गरिदिने स्पष्टीकरण दिएका छन् ।

उनकी छोरी महँगो खर्चमा बंगलादेश पढिरहेको भन्दै सामाजिक संजालमा आलोचना भएपछि मन्त्री पुनले पारिवारिक खर्चबारे स्पष्टीकरण दिएका हुन् ।

उनले भनेका छन्,‘अहिलेसम्म मलाई र श्रीमतीलाई पाल्ने, छोरीहरूलाई पाल्ने, पढाइदिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन्। मन्त्री भएपनि सबै खर्च पहिलेदेखि नै केही शुभचिन्तक साथीहरूले पुर्याइदिन्छन्। मलाई ढुक्क छ– तलबभत्ता केही लिँदैन। कहीँ जाँदा हवाईजहाज टिकट, बस भाडा, टेक्सी भाडा म आफैँले तिर्ने हो। सबै कुरा विस्तृत रूपमा बुझ्न चाहनेले मेरो आत्मकथाको किताब पढ्नुहोला। बात कर्ता है।’

उनले आफ्नो पारिवारिक अवस्थाबारे थप बुझ्न मन लागे आफ्नो आत्मकथाको किताब पढ्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘३२ वर्षअगाडि अमेरिका बाट फर्केर आएको र कमाई केहि पनि नभएको व्यक्तिले करिब २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्याउन, ७ वर्ष देखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेर प्रतिभाहरूलाई निःशुल्क हुर्काउन, कोरोना महामारीमा स्वास्थ्य सामग्रीहरू निःशुल्क वितरण गर्न र ३० वर्षदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखाना पुनःसञ्चालन गर्न अहिलेसम्म करोडौँ करोड रुपैयाँ आमजनताले किन दान गरे भनेर बुझम् त ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *