काठमाडौं । मलेसियासँग हुने पाँच खेलको टी-२० आई सिरिजको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान बर्मासँगै पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्री दामी र कविता कुवँर रहेका छन् ।
नेपालले पहिलो खेल २ अक्टोबर, दोस्रो खेल ४ अक्टोबर, तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौ तथा अन्तिम खेल ८ अक्टोबरमा खेल्नेछ ।