एन्जिलाले सेथु एफसी बाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छिन् । एन्जिलाले सेथुसँग आधा सिरिजको लागि सम्झौता गरेकी हुन् ।

एन्जिलाले तेस्रोपटक भारतीय लिग खेल्न लागेकी हुन् । यसअघि उनले २०२३/२४ को सिजन खेल्दै सेथुको कप्तानी गरेकी थिइन् । आधा सिजनपछि उनी फेरी युरोपेली क्लबमै अनुबन्ध हुने जनाइएको छ ।

एन्जिलाले गत सिजन ग्रिसमा लिग खेलेकी थिइन् । यस्तै उनले हालै उज्वेकिस्तानमा भएको एएफसी महिला च्याम्पियन्स लिग छनोट विभागीय टोली नेपाल एपीएफ क्लबबाट खेलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *