महानवमीमा सडक विभागका अधिकारीलाई लिएर वीपी राजमार्ग निरीक्षणमा पुगे मन्त्री घिसिङ

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको बुधबार निरीक्षण गरेका छन् ।

चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गवाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पुर्याएको क्षति पश्चातको पुनः निर्माणको अवस्थाबारे बुझ्न मन्त्री घिसिङ बुबधार सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरुसहित निरीक्षणमा पुगेका हुन् ।

१६० किलोमिटरमध्ये गतवर्षको बाढीले ३० किलोमिटरक्षतिग्रस्त भएको थियो । निरीक्षणका क्रममा उनले ट्राफिक व्यवस्थापनको लागि अस्थायीरुपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रुपमा भइरहेको राजमार्ग पुनःनिर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे ।

गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । मन्त्री घिसिङले वीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताए ।

बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले पूर्वी नेपाल र तराइलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रुपमा रहेको वीपी राजमार्गलाई जति सक्यो छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए । उनले गत वर्षको असोजमा रोशी खोलाको बाढीले क्षति र्पुयाएको सडक खन्ड पुनर्निर्माणको लागि अहिले ठेक्काका कामहरू भइरहेको पनि बताए ।

दशैँ लगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *