तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित

काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।

ऋाजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस  सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाइ २–१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको  थियो ।

आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको  वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो ।

वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

त्यसअघि  टस हारेर  पहिला ब्याटिङ गरेको नेपालले  १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२  रनको योगफल बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *