आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा कुमारी घरमा भित्र्याइयो

काठमाडौँ । काठमाडौंको इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।

नवघोषित कुमारी शाक्यलाई मंगवबार शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो ।

विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ । जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ ।

कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो । कुमारी छनोटका क्रममा गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँग सल्लाह तथा परामर्श गरिएको थियो ।

यसका लागि सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो । नयाँ कुमारीलाई आसन ग्रहण गराएसँगै यसअघिकी कुमारीको पनि विधिवतरूपमा बिदाइ गरिएको छ । कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले स्थापना गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *