युनिटी कपः वेष्ट इन्डिज टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । युनिटी कपअन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा वेस्ट इन्डिजले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले यस खेलअघि नै लगातार दुई खेल जितेर सिरिज जितिसकेको छ । आजको खेलमा नेपालले टीम परिवर्तन गरेको छ । दोस्रो खेल खेलेका आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको स्थानमा आरिफ शेख, लोकेश बम र शहाब आलमले प्लेइङ ११ मा मौका पाएका छन् । आजको खेल जितेमा नेपालले सिरिज ‘क्लिन स्विप’ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *