हुम्ला । रानीवन युवा क्लबको आयोजनामा हुम्लाको सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फूटबल प्रतियोगिता हुने भएको छ ।
लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ वटा टोलीले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा विजयी हुने समूहले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।