अर्धसतक बनाएर सन्दीप आउट

काठमाडौं । नेपालका ब्याट्सम्यान सन्दीप जोराले वेस्ट इन्डिजविरुद्ध जारी टी-२० आई सिरिजको दोस्रो खेलमा अर्धसतक पूरा गरेका छन् । युएईस्थित शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा सन्दीपले टी-२० आईमा व्यक्तिगत चौथो अर्धसतक पूरा गरेका हुन् । जारी सिरिजको यो दोस्रो अर्धसतक हो ।

सन्दीपले ३३ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै उनी ६३ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६३ रन बनाउँदै पभिलियन फर्केका हुन् । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा १७.४ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १ सय ४३ रन बनाएको छ । हाल आसिफ ६१ रन बनाउँदै क्रिजमा छन् । यसअघि कुशल मल्ल ७, रोहित पौडेल ३ र कुशल भुर्तेल २ रन बनाउँदै पभिलियन फर्किएका हुन् ।

वेस्ट इन्डिजको लागि अकिल होसिनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *