दोस्रो टी-२० आईमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । युनिटी कप अन्तर्गत जारी टी-२० आई सिरिजको दोस्रो खेलमा आज नेपाल र वेस्ट इन्डिज भिड्दैछन् । युएईस्थित शारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:१५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यसहित मैदान उत्रिनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको एतिहासिक जित निकालेको थियो । आईसीसीको पूर्ण सदस्य राष्ट्रमाथि नेपालको यो पहिलो जित हो । आजको खेल जित्न सकेको खण्डमा नेपालले एतिहासिक सिरिज आफ्नो पक्षमा पार्नेछ ।

यता वेस्ट इन्डिज भने आजको खेल जित्दै सिरिजमा बराबरी गर्न चाहन्छ । खराब लयबाट गुज्रेको वेस्ट इन्डिजले आफ्नो पछिल्लो १५ खेलमा मात्र दुई खेल जित्न सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *