बीबीसी । अमेरिकाको मिचिगन राज्यस्थित ग्रान्ड ब्लाङ टाउनसिपमा रहेको एउटा चर्चमा अन्धाधुन्ध गोली प्रहार र आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
घटनामा आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार ४० वर्षीय थोमस जेकब स्यानफोर्ड नाम गरेका बन्दुकधारीले आफ्नै गाडी चर्चको मुख्य ढोकाबाट ठोक्दै प्रवेश गरी भिडमा अन्धाधुन्ध गोली चलाएका थिए । उनले त्यसपछि पेट्रोल छर्केर भवनमा आगो लगाएका थिए ।
घटनापछि प्रहरीले आक्रमणकारीलाई गोली हानेर मारेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । उनको स्पष्ट उद्देश्य अझै खुलिसकेको छैन ।