काठमाडौं । वेस्ट इन्डिजविरुद्ध आजबाट शुरू हुने एतिहासिक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । शारजाह क्रिकेट स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा वेस्ट इन्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, रोहित पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी