एजेन्सी । अल नासरले साउदी प्रो लिगमा लगातार चौथो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अल इत्तिहादलाई २-० गोलले हराउँदै अल नासरले लिगमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा अल नासरलाई जित दिलाउन साडियो माने र क्रिस्टियानो रोनाल्डोले समान एक/एक गोल गरे । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै अल नासरलाई शुरूवाती अग्रता दिलाएका थिए ।
३५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अल नासर २-० विजयी भएको हो ।
जितसँगै अल नासर ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको अल इत्तिहाद दोस्रो स्थानमा रहेको छ ।