राष्ट्रिय महिला फूटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फूटबल संघ(एन्फा)ले बिहीबार न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । गत जुलाईमा उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटपछि नेपाल मुख्य प्रशिक्षक विहीन थियो । छनोटको क्रममा बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड र एन्फाका पदाधिकारीबीच विवाद भएपछि वाइल्डले पदबाट राजीनामा दिएका थिए ।

एन्फाले न्यौपानेलाई आगामी वर्ष हुने साफ महिला च्याम्पियनसिपसम्मको लागि नियुक्त गरेको छ । यस्तै सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी रहेका छन् भने म्यानेजरमा विन्द्रा  देवन, फिजियोमा शिला गिरी र किट म्यानेजरमा विकाश गुरुङले निरन्तरता पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *