सान्या अधिकारी बनिन् ‘मिस नेपाल युनिभर्स’

काठमाडौं । ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । ललितपुरस्थित रोयल टुलिप होटलमा बुधबार बेलुका आयोजित ग्रान्ड फिनालेमा अन्य १३ सुन्दरीलाई पछि पार्दै अधिकारीले उपाधि आफ्नो पक्षमा पारेकी हुन् ।

यस्तै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए ।

अधिकारीले अब २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *