प्रज्ञा प्रतिष्ठानले कविता तथा निबन्ध प्रतियोगिता गर्दै, विजेतालाई ५० हजार

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ।

प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोध अनुसार प्रतिष्ठानको संयोजनमा फागुन ७ गते उक्त प्रतियोगिता आयोजना हुने प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

उक्त प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता तथा ‘राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ।

प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित कविता तथा निबन्ध बुझाउनु पर्ने सूचनामा जनाइएको छ।

प्रतिष्ठानका सदस्य सचिव प्रा। जगत् प्रसाद उपाध्यायका अनुसार कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ रु ५० हजार, द्वितीयतर्फ रु ४० हजार र तृतीयतर्फ रु ३० हजार नगद तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *