साफ क्लब महिला च्याम्पियनसिपमा पाँच टोलीले सहभागिता जनाउने

काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको साफ क्लब महिला च्याम्पियनसिपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण एसियाली फूटबल महासंघ(साफ) का अनुसार च्याम्पियनसिपमा पाँच राष्ट्रका शीर्ष पाँच टोलीले प्रतियोगिता खेल्ने भएका हुन् ।

प्रतियोगितामा नेपालबाट विभागीय टोली नेपाल एपीएफ क्लबले सहभागिता जनाउनेछ । यस्तै बंगलादेशबाट नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतबाट इस्ट बङ्गाल एफसी र पाकिस्तानबाट काराची फूटबल क्लबले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यस प्रतियोगिता दक्षिण एसियाली महिला फूटबलको विकासमा कोशेढुङ्गा सावित हुने साफले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *