रासफोर्डको दुई गोलमा बार्सिलोना विजयी

एजेन्सी । फरवार्ड मार्कुस रासफोर्डको दुई गोलको मद्दतमा क्याटलान क्लब बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा विजयी शुरूवात गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई २-१ गोलले हराएको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रासफोर्डले दुई गोल गर्दा न्युक्यासलको लागि एन्थोनी गोर्डनले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औँ मिनेटमा कौन्डेको क्रसमा रासफोर्डले हेडर गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए ।

६७ औँ मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ९० औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई २-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भएको हो ।

यस्तै गएरातिनै भएको अन्य खेलमा फ्रान्कफुर्टले गालाटासारेलाई ५-१, म्यानचेस्टर सिटीले नापोलीलाई २-० र स्पोर्टिङसिपीले किरात अल्माटीलाई ४-१ गोलले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *