नेपाली सेनाको सुरक्षाबाट बाहिरिए ओली, अब गुण्डुमा डेरामा बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन् । भदौ २४ गतेदेखि नेपाली सेनाको सुरक्षामा शिवपुरीमा रहेका ओली बिहीबार बाहिरिएका हुन् । उनी शिवपुरीबाट निस्किएर भक्तपुरको गुण्डुमा कोठा भाडामा ल्याएर बस्न थालेका हुन् ।

ओली जेनजी आन्दोलन चर्किएपछि २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकप्टर चढेर बालुवाटारबाट निस्किएका थिए । उनी शुक्रबार संविधान दिवसको अवसरमा सार्वजनिक हुने अनुमान गरिएको छ । यसअघि निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएपछि उनी डेरामा बस्ने भएका हुन् ।

भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो । उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो । प्रहरीले आन्दोलनमा दमन भएपछि ओली राजीनामा दिएर भाग्न बाध्य भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *